१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

१४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेका युवक पक्राउ



जनकपुर । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका-२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् ।

प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएको छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ४६ बजे

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र