२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

गण्डकीका आधाले पाए कोरोनाको पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत



पोखरा । गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् ।

२५ लाख जनसंख्या रहेको गण्डकीका ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।

प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् । मनाङमा पहिलो डोज लगाउने पाँच हजार दुई सय ३४ छन् भने चार हजार ६ सय १५ ले पूरा डोज पाएका छन् । मुस्ताङमा १४ हजार एक सय १० जनाले पहिलो खोप लगाएकोमा १३ हजार ६ सय २८ ले दोश्रो डोज पाइसके । अन्य नागरिकले फरक जिल्लामा पुगेर भए पनि खोप लगाइसकेको उल्लेख छ।

गोरखामा एक लाख ५२ हजार एक सय ४४ जनाले पहिलो डोज लगाएकोमा एक लाख ११ हजार सात सय ६५ ले दोश्रो डोज पाइसकेका छन् । म्याग्दीमा ६७ हजार तीन सय ४१ ले पहिलो डोज र ५५ हजार एक सय १० जनाले दोश्रो, कास्कीमा तीन लाख ८४ हजार एक सय ९४ जनाले पहिलो डोज र तीन लाख ९६ हजार आ७ सय ६३ जनाले दोश्रो डोज पाएका छन् । अन्य जिल्लामा पहिलो डोज लगाएर आएकाहरूले पनि कास्कीबाट दोश्रो डोज पाएकोले तथ्यांक तलमाथि परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लमजुङमा एक लाख २४ हजार नौ सय ३४ ले पहिलो डोज र ८७ हजार आठ सय दुई जनाले दोश्रो डोज पाएका छन् । यस्तै, तनहुँमा दुई लाख तीन हजार चार सय ७४ जनाले पहिलो डोज र एक लाख १२ हजार ६ सय ९५ जनाले दोश्रो डोज, स्याङजाका एक लाख ८० हजार सात सय ८१ ले पहिलो र एक लाख ४८ हजार नौ सय २२ ले पूरा डोज पाएका छन् ।

पर्वतका ८५ हजार तीन सय १५ ले पहिलो डोज र ७४ हजार एक सय १४ ले दोश्रो, बागलुङबाट एक लाख ४७ हजार एक सय ३७ ले पहिलो डोज लगाएकोमा ८५ हजार नौ सय ५४ ले दोश्रो तथा नवलपुरका दुई लाख १७ हजार दुई सय ८३ ले पहिलो डोज र एक लाख दसई हजार एक सय ९० ले पूरा डोज पाएका छन् ।

लक्षित वर्गका लागि खोप पर्याप्त आयात भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले १८ वर्ष उमेरभन्दा माथिकालाई खोप लगाउन सूचना निरन्तर निकाले पनि खोप लगाउन आउनेहरू निकै कम भएको सचिव डा। विनोदविन्दु शर्माले बताए ।

गण्डकीमा पहिलो पटक १५ चैत ०७६ मा बागलुङकी किशोरी अंशु सापकोटालाई कोभिड पुष्टि भएको थियो भने २५ जेठ ०७७ मा स्याङ्जाका ६० वर्षीय एक पुरुषको पहिलो मृत्यु भएको थियो । हालसम्म ८८ हजार संक्रमित भएकोमा एक हजार चार सय २५ को मृत्यु भैसकेको छ । पछिल्ला दिनमा कोभिडबाट हुने मृत्युदर लगभग शून्य प्रायः छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : १५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२