१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कपिलवस्तुले नवलपरासीलाई १० रनले हरायो



भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा कपिलवस्तुले पश्चिम नवलपरासीलाई पराजित गरेको छ । शनिरबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा कपिलवस्तुले नवलपरासीलाई १० रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ११३ रन बनायो । उसका लागि करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए । बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तुले ३५.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले समान ३–३ तथा इकलाख अहम्मद र करण विकले समान २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए । आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । शनिबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा झारिएको थियो ।

पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरी टीम बनाउनका लागि छनोट खेल भइरहको हो । छनोट खेल पुस २१ ग्तेसम्म चल्नेछ भने ७ जिल्ला सहभागी छन् । प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा खेल भइरहेको हो ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ०५ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका