४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

यसवर्ष पुसमै उच्च पहाडी क्षेत्रमा हिमपात



पाँचथर । भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ ।

केही दिनअघि हल्का वर्षा भएपछि शुक्रवार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुस महिनाको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरु हिँउले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दू चिवाभञ्ज्याङ क्षेत्र हिँउले ढाकिनुका साथै करीब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ ।

याङवरक-२ का सन्तप्रसाद बेघाकाअनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमासमेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले बताए । ‘हिउँ धेरै दिन चाहिँ रहँदैन् । तर यसपालि चाँडै हिमपात सुरु भयो,’ बेघाले भने, ‘हिमपातपछि चिसो अत्यधिक बढेको छ ।’ हिमपात भएका क्षेत्रहरुमा चौंरी तथा भेंडा गोठहरु छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठहरु गाउँ बस्तीको नजिक सारिएका छन् । ‘गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो,’ बेघाले भने ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीनसीमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् ।

बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीहरुको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमासमेत हिमपात भएको छ । पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू-भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनिजस्तो हिमपात हुने गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : १६ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

उज्यालोका इन्जिनियर सुरज पाण्डे : प्रविधि, ऊर्जा र राजनीतिक परिवर्तनको संगम

बुटवल। समयको चक्रसँगै राजनीति पनि रूपान्तरणको चरणमा छ। परम्परागत अनुहार

सेना दिवसमा अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक