१९ बैशाख २०८१, बुधबार | May 1, 2024

भाइ-बहिनी मिलाउन नसक्नु पनि मेरो पराजयको कारण हो : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा= शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् ।१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो ।

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा= शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उनले बताए । तपाई निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उनले त्यस्तो नहुने जवाफ दिएका थिए ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : २० बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ