२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोमको प्रायोजनमा कोभिड प्रभावित बालबालिकाका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु



काठमाडौ । डशहोम मिडिया नेटवर्कको प्रायोजनमा कोभिड महामारीका क्रममा अभिभावक गुमाएर पढ्न समस्या भएका बालबालिकाको पढाईका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतको सहभागितामा यो अभियान सुरु गरिएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी महामन्त्री थापा, डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य, बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्दै आएको फ्याक्ट नेपाल नामक संस्थाका अध्यक्ष मनिष झा, सोही संस्थाका जिवी लामालगायतले संयुक्तरुपमा ‘भरोसा छात्रवृत्ति अभियान’को लोगो सार्वजनिक गरे ।

यस अभियानको संयोजन फ्याक्ट नेपालले गर्नेछ । उक्त संस्थाले सचिवालय खडा गरी काम अघि बढाएको छ । अभियानले कोभिड महामारीमा अभिभावक गुमाएका तथा आर्थिक अभावले पढ्न नपाएका करिब ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ । पहिलो बर्ष सातै प्रदेशका विद्यार्थीलाई छनौट गरी छात्रवृत्ति प्रदान गरिने छ । कोभिड छात्रवृत्ति वितरणका लागि डिशहोमको सञ्जाललाई प्रयोग गरिने छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता थापाले कोभिड प्रभावित बालबालिकाप्रति राज्यको दायित्व भए पनि समाजको पनि दायित्व हुने बताउँदै अभिभावक गुमाएका बालबालिकाले सहयोग पाएर समाजप्रति पनि भरोसा गरोस भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।

डिशहोमका प्रवन्ध निर्देशक आचार्यले धेरै संघ संस्था हार्डवेयरमा लगानी गर्न तयार देखिन्छन तर सफ्टवेयरमा लगानी गर्दैनन् भन्दै विद्यार्थीको सहयोगका लागि डिशहोमले निरन्तर सहयोग गरिरहेको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानमा सहयोग गर्न लागेको भने ।

फ्याक्ट्स नेपालका प्रमुख मनिस झाले कुन कुन क्षेत्रका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्न सकिन्छ ?

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : २० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले