२९ भदौ २०८३, सोमबार | September 14, 2026

डिशहोमको प्रायोजनमा कोभिड प्रभावित बालबालिकाका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु



काठमाडौ । डशहोम मिडिया नेटवर्कको प्रायोजनमा कोभिड महामारीका क्रममा अभिभावक गुमाएर पढ्न समस्या भएका बालबालिकाको पढाईका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतको सहभागितामा यो अभियान सुरु गरिएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी महामन्त्री थापा, डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्य, बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्दै आएको फ्याक्ट नेपाल नामक संस्थाका अध्यक्ष मनिष झा, सोही संस्थाका जिवी लामालगायतले संयुक्तरुपमा ‘भरोसा छात्रवृत्ति अभियान’को लोगो सार्वजनिक गरे ।

यस अभियानको संयोजन फ्याक्ट नेपालले गर्नेछ । उक्त संस्थाले सचिवालय खडा गरी काम अघि बढाएको छ । अभियानले कोभिड महामारीमा अभिभावक गुमाएका तथा आर्थिक अभावले पढ्न नपाएका करिब ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ । पहिलो बर्ष सातै प्रदेशका विद्यार्थीलाई छनौट गरी छात्रवृत्ति प्रदान गरिने छ । कोभिड छात्रवृत्ति वितरणका लागि डिशहोमको सञ्जाललाई प्रयोग गरिने छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता थापाले कोभिड प्रभावित बालबालिकाप्रति राज्यको दायित्व भए पनि समाजको पनि दायित्व हुने बताउँदै अभिभावक गुमाएका बालबालिकाले सहयोग पाएर समाजप्रति पनि भरोसा गरोस भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।

डिशहोमका प्रवन्ध निर्देशक आचार्यले धेरै संघ संस्था हार्डवेयरमा लगानी गर्न तयार देखिन्छन तर सफ्टवेयरमा लगानी गर्दैनन् भन्दै विद्यार्थीको सहयोगका लागि डिशहोमले निरन्तर सहयोग गरिरहेको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानमा सहयोग गर्न लागेको भने ।

फ्याक्ट्स नेपालका प्रमुख मनिस झाले कुन कुन क्षेत्रका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्न सकिन्छ ?

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : २० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा