४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

एउटै आयोजनाको कम सक्न १३ वर्षः पानी आउने आशमा बसेका उपभोक्ता निराश



बलेवा । साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पु¥याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ ।

पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो । आयोजनाअन्र्तगत मुख्य योजनाको ट्याङ्की पाइपलाइन र उपभोक्ताका घर–घरमा धारा निर्माण भइसक्दासमेत मुहानबाट पानी ल्याउन नसकिएको हो ।

बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लो पटक बाढीले ठूलो क्षति पु¥याएको छ । मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताए ।

सङ्घीय सरकारबाट सुरु भएको यो आयोजना सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । “पहिले बजेट न्यून हुँदा काम गर्न कठिन थियो, अहिले बजेटको समस्या छैन्, प्रदेशमा आएपछि भइरहेका काम बनेका हुन्”, उहाँले भन्नुभयोे,“अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पु¥याउने लक्ष्य छ ।”

एक सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्याङ्की निर्माण भइसकेका छन् । झण्डै ६ किलोमिटर पाइपलाईनको काम सकिएको भए पनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले बताए । “३०० धारा निर्माण भइसकेका छन्, बाँकी दुई सय धारा निर्माण हुन बाँकी छन्”, उनले भने, “पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न, कार्यालय कामका लागि तयार छ ।” उनका अनुसार मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मतका लागि सुधार विस्तारको काम भइरहेको छ ।

चालू आर्थिक वर्षमा विनियोजन भएको रु ४० लाखको काम सकिएको छ । उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताए । सुधार विस्तारको लागि रु २० लाख मात्रै विनियोजित बजेट छ । “बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ, सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ”, उहाँले भन्नुभयो, “बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ ।”

आयोजना अन्र्तगत साना आयोजना १४ वटा छन् । सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन् । आयोजना सुरु भएपछि खानेपानीको आशामा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन् । “बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन, आशामै बिते १२ वर्ष”, उपभोक्ता क्षमकला शर्माले भन्नुभयो ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन । रासस

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : २६ बजे

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

हिराबहादुर खत्रीलाई जिताउन मतदाताको आग्रह

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताले नेपाली कांग्रेसका

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ