२२ माघ २०८२, बिहिबार | February 5, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा कोरोना रोकथामका लागि आर्थिक सहयोग



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ ।

बुटवलमा प्रधान कार्यालय रहेको समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानमा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका लागि २ लाख ५१ हजार र बुटवल वडा नम्बर ११ लाइ ५१ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

अस्थायी कोरोना विशेष अस्पतालको स्तरवृद्विका लागि र वडा नम्बर ११ मा राहत वितरणका लागि सहयोग गर्नेगरी आर्थिक सहयोग प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी गराउनुभयो । समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराइलाई समितिको तर्फबाट चेक प्रदान गरिएको हो ।

त्यसै गरी वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलाई पनि सोही कार्यक्रममा समितिको तर्फबाट चेक प्रदान गरिएको हो । समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको आर्थिक सहयोग प्रदान कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, महासचिव जीतबहादुर भाट, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, कार्यालय सहायक प्रकाश गैरे, वरिष्ठ लेखापाल ऋषिराम भट्टराई, समितिका खगराज गौतम, लक्ष्मण गैर, गोपाल लम्साल लगायतको सहभागिता रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोरा महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ६ : ४७ बजे

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु