१३ श्रावण २०८३, बुधबार | July 29, 2026

तमु ल्होसार पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्होको स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।

‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्, ‘यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।’

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरेका छन् ।

उनले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ७ : ३२ बजे

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका