२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बुटवलमा युटिसीको शाखा शुभारम्भ, पिटिई पढ्नेलाइ ५० प्रतिशत छुट



बुटवल । युनिभर्सल थर्ट कन्सल्ट प्रा.लि (युटिसी) कन्सल्टेन्सिले काठमाडौं बाहिरको पहिलो शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ ।

देश बाहिर शाखाहरु सञ्चालनमा रहेपनि काठमाडौ पछि पहिलो शाखाको रुपमा बुटवल शुक्रपथमा शाखा सञ्चालन गरिएको हो ।

अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सिको युटिसिमा अध्यक्ष शिव बन्जारा, युटिसी काठमाडौंका कार्यकारी निर्देशक राजेश पुडासैनी,मोटिभेसनल स्पिकर सौरभ लोहनी, अस्ट्रेलियन कलेज आईआईइको एसिया बिजनेश डेभलपमेन्ट अफिसर बिजय शर्मा ,अन्जु केशी,तथा बुटवल शाखा प्रमुख अनिमेश क्षेत्रीले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरे ।

करिब २५ लाखको लागतमा शाखा सञ्चालनमा ल्याएको बुटवल शाखा सञ्चालक क्षेत्रीले जानकारी दिए । उनले आएल्स र पिटिई अध्यापन हुने बताउदै शुभारम्भको अवसरमा अङ्ग्रेजी नया वर्षसम्म भर्ना हुन आउने बिद्यार्थीहरुलाई निशुल्क आएल्स कोर्स र पिटिई अध्ययनमा ५० प्रतिशत छुटको ब्यवस्था रहेको बताए ।

नेपाली सम्पर्क समितिको अध्यक्ष दक्षिण कोरिया २०१७ को अध्यक्ष अन्जु केशीले समयानुकूल शिक्षा र नयाँ प्रणालीबाट सेवा दिन उनले आग्रह गरिन् ।

उनले आफू दक्षिण कोरियामा रहदा सम्योजकको भुमिकामा २०१८ मा बुद्ध नेपालमा जन्मेको दर्शाउदै बुद्ध प्रतिमा स्थापना गरेको बताउदै बिदेशमा बसेपनी नेपालको लागि काम गर्नुपर्ने बताईन् ।

२००९ देखि भिसा देखि अन्य काममा सहयोग गर्दै आएको युसिटिले अस्ट्रेलिया, युके, न्युजिल्यान्ड लगायतका देशहरुमा जाने बिद्यार्थीलाई सहयोग गर्ने जनाएको छ ।

युसिटीको भारत र पाकिस्तानमा शाखा खुलिसकेको छ भने श्रीलङ्का र बङ्गालादेशमा पनि शाखा खुल्ने अन्तिम तयारीमा रहेको छ । बुटवलपछि पोखरा लगायत देशभर शाखा सञ्चालनको तयारी भईरहेको युटिसि अध्यक्ष शिव बन्जाराले जानकारी दिए ।

बुटवल शाखा अनिमेश क्षेत्री,राजु सापकोटा तथा पुर्णिमा खत्रीको टिमले बिद्यार्थीहरुलाई सेवा प्रदान गर्नेछ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ५ : ५३ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)