१० बैशाख २०८३, बिहिबार | April 24, 2026

बाघ वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’



काठमाडौं । गुरुङ समुदायले पुरानो गाई वर्षलाई बिदाइ गरी नयाँ बाघ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले राससलाई जानकारी दिए । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।

नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा बुधबारदेखि नै ल्होसार महोत्सवको आयोजना गरिएको छ । कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने तमु ह्युला होजधी राष्ट्रिय परिषद्ले जनाएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । स्वदेशमा मात्र नभई विदेशमा बस्ने गुरुङ समुदायले पनि सांस्कृतिक परम्परा अनुसार यो पर्व मनाउने गरेका छन् । यस दिन गुरुङ समुदायका मानिस सांस्कृतिक एवं परम्परागत वेशभूषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसअघि गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका थिए । विगतमा वर्षमा काटिएको तमु ल्होसारका दिनको सांस्कृतिक बिदाले यस वर्ष फेरि निरन्तरता पाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ६ : ५६ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना