१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लागुऔषधसहित चार युवा पक्राउ



महोत्तरी । प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ ।उनीहरूलाई आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ४८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’