३ पुस २०८२, बिहिबार | December 18, 2025

डोटीका विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइँदै



डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ ।

पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन् । उनले भनिन्, ‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।’

प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ ।

हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए ।

विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ३३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका