१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पाक प्रधानमन्त्री खानद्वारा पाकिस्तान–चीन व्यापार लगानी मञ्चको उद्घाटन



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान–चीन व्यापार लगानी मञ्चको उद्घाटन गरेका छन् ।

सोमबार इस्लामावादमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानमा लगानीकर्तालाई पूर्ण रुपमा सुविधा उपलब्ध गराइएको बताए ।

खानले लगानीको प्रक्रियामा रहेका अवरोध हटाउन सरकारले पहल गरिरहेको बताए । उनले मुलुकको विकास औद्योगिक विकास र निर्यात प्रवद्र्धनसँग जोडिएको टिप्पणी गरे ।

प्रधानमन्त्री खानले चीन–पाकिस्तान इकोनोमिक करिडोरको दोस्रो चरणमा कृषि विकासमा पनि केन्द्रित रहेको बताए । खाद्य सुरक्षा र वातावरण संरक्षणका लागि सहरको भर्टिकल विकासमा जोड दिँदै उनले सहरी विकासमा पनि पाकिस्तानले चीनबाट सिक्न सक्ने बताए ।

‘पाकिस्तानले प्रभावकारी र सफलतापूर्वक कोभिड–१९ को सामना गरेको छ, जुन अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएको छ’, खानले बताए । दी इकोनोमिस्टले पाकिस्तानलाई कोभिड-१९ पछि सामान्य अवस्थामा फर्केको पहिलो देश घोषणा गरेको भन्दै उनले गर्व व्यक्त गरे ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयका अनुसार लगानी बोर्ड पाकिस्तान र अल पाकिस्तान चाइनिज इन्टरप्राइजेजको सहकार्यमा पाक–चीन व्यापार लगानी मञ्च गठन गरिएको हो । यसको उद्देश्य पाकिस्तानमा चिनियाँ कम्पनीहरूको लगानी बढाउने र व्यापारलाई व्यावसायिक औद्योगिक सहयोगको प्रवर्द्धन गर्ने हो ।

फोरममा १८ चिनियाँ र १९ पाकिस्तानी कम्पनी रहेका छन् । फोरमको उद्देश्य पाकिस्तानमा दीगो लगानी र निर्यात उद्योग एवं आधुनिक प्रविधिको विकासलाई बढावा दिनु हो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू