२ पुस २०८२, बुधबार | December 17, 2025

पाँचथरमा आगलागी हुँदा तीन घर जले



पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-६ बरभञ्ज्याङमा अहिले बुधबार साँझ आगलागी हुँदा तीन घर जलेका छन् ।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएको स्थानीय खगेन्द्र राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व