३१ असार २०८३, बुधबार | July 15, 2026

फ्लाइओभरमा मोदी फसेपछि भारतको गृह मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजोरी



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कम्जोरी बताइएको छ ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए ।

केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने गृहमन्त्रीका छोरा र गृहमन्त्रीलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री अजय मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए ।

उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा अजय मिश्रका छोरा आशिष मिश्रले जथाभावी चलाउँदा चार जना मारिएका थिए । अजयले सुनियोजित ढंगले किसानको हत्या गरेको किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन् ।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमोजरी हो,’ गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ५८ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत