१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

हुम्लामा चीनले मिचेको भनिएको सीमा अध्ययन गर्न नौ लाख खर्च



काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सहसचिव आचार्य नेतृत्वको उक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ नम्बर १२ नजिकैको लिमी लाप्चा क्षेत्रको भ्रमण गरे पनि मौसम प्रतिकुलता भन्दै ११ नम्बर पिलरमा भने नगई काठमाडौं फर्किएको थियो ।

मुख्यतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा चिनियाँ पक्षले भूमि मिचेको भन्दै सार्वजनिक गरेपछि त्यसमा चासो व्यक्त भएको थियो । जसकारण शेरबहादुर देउवा नेतृत्वको सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविज्ञ रहेको समिति गठन गरेको थियो ।

अर्थ मन्त्रालयले ‘हुम्लाको नाम्खा गापा लिमी लाप्सादेखि हिल्सासम्मको क्षेत्रमा सीमा अतिक्रमण भएको भनिएको विषयमा अध्ययन गर्न गठित समितिका लागि नौ लाख रुपैयाँ निकास गरेको थियो । तर, सीमा नै अध्ययन नगरी फर्किएको टोलीले दुवै देशका सीमाविज्ञहरु राखेर समस्या समाधान गर्न गत १० असोजमा सुझाव पेस गरेको थियो ।

गत २५ भदौमा हुम्ला गएको टोली २ असोजमा फर्किएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ११ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले