१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा बाघको आक्रमणमा परेर महिलाको मृत्यु



नेपालगञ्ज । बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बिहीबार घाँस काट्न जंगल गएको बेला बाघको आक्रमणबाट ज्यान गएको हो ।

स्थानीय ३ जना महिलासँगै घाँस काट्न गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले विष्टमाथि आक्रमण गरेको हो । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौँको संख्यामा गएका स्थानीय बासिन्दाले बाघले महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका थिए ।

बाघले मान्छेलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउन्ड प्रहार गर्दा झम्टिन खोजेपछि दोस्रो राउन्ड गोली प्रहार गर्दा बाघ भागेको बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा गत भदौमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने मंसिरमा नरैनापुरमा गोठाला गएका व्यक्तिलाई खाएको थियो । त्यसयता राप्तीपारीको जंगल आसपासमा बाघले पटक–पटक आक्रमण गर्दै आएको छ । बुधबार (हिजो) मात्र पनि एक महिलालाई आक्रमणको प्रयास गरेको थियो । उनी प्रतिकार गरी बाच्न सफल भएकी थिइन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ५४ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको