१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाँकेमा आज फेरि बाघले मान्छे खायो



नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा आज (शनिबार) फेरि बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बाघ आक्रमणबाट सोही गाँउपालिका बैजापुरकी लिला बिष्टको ज्यान गएको दुईदिन पछि आज फत्तेपुरकी ३० वर्षिया चाँदनी थारुको बाघ आक्रमणबाट मृत्यु भएको हो ।

अस्ती बिहिबार मात्र बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु भएको थियो । आज शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरी सहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएकोछ ।

यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरियाको पनि बाघ आक्रमणबाट मृत्यु भएको थियो ।

यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए ।

राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  २ : ३४ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ