२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सरकारका मन्त्रीहरू पनि कोरोनाको जोखिममा



काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।

हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ । साथै माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

माओवादी केन्द्रीय सरकारमा आवद्ध छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसा, जनार्दन, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जस कारण सरकारका मन्त्री पनि कोरोना संक्रमणको जोखिममा छन् ।

प्रचण्डसँग भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना संक्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ । देशभरबाट आएका नेता तथा कार्यकर्ता जनस्वास्थ्यको मापदण्ड पालना नगरी सहभागी गराएर राजनीतिक गतिविधि गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ५० बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक