११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपाल आउने बढे, समुदायस्तरमा संक्रमण फैलने खतरा



सुर्खेत । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो ।

भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् ।

भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले नै कोरोना संक्रमण बढेकाले रोजगारी दिन नसक्ने नेपाल फिर्ता हुन सुझाएकाले आफू घरमा फिर्ता भएको बताए ।

नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले दैनिक पाँच हजार बढी नेपाली तथा भारतीय नागरिकहरू नेपालमा आउने गरेको बताए । ‘भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढेको छ,’ उनले भने, ‘नेपालमा संख्या वृद्धि भए पनि स्वास्थ्य परीक्षण भने कमैको हुने गरेको छ ।’

नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका जनशक्ति अभावका कारणले भारतबाट आउने अधिकांशको परीक्षण हुन सकेको छैन । कोरोना परीक्षणका लागि सञ्चालन गरिएको हेल्थ डेस्कमा १३ जना मात्र स्वास्थ्यकर्मी रहेको हुँदा परीक्षण गर्न समस्या भएको छ ।

अहिले रहेको जनशक्तिभन्दा दोब्बर जनशक्ति आवश्यक रहेको जनाउँदै हेल्थ डेस्कका प्रमुख ज्ञवालीले दैनिक पाँच हजारभन्दा बढीको संख्यामा मानिसको आवागमन भइरहेकोमा बढीमा आठ सयको मात्रै परीक्षण गर्न सकिएको बताए । ‘पछिल्ला तीन दिनयता दैनिक ४० जनाको हाराहारीमा संक्रमितहरू नाकामा भेटिन थालेका छन्,’ उनले भने, ‘सुरक्षाकर्मी तथा स्वास्थ्य जनशक्तिले ती सबैको व्यवस्थापन र परीक्षण गर्नसक्ने अवस्था छैन ।’

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : २५ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम