१८ चैत्र २०८२, बुधबार | April 1, 2026

लोहियाको अध्यक्षतामा प्रेस चौतारी बैतडीको जिल्ला कमिटी गठन



बैतडी । प्रेस चौतारी नेपाल बैतडीको अध्यक्षमा पत्रकार चन्द्र प्रकाश लोहिया सर्वसम्मत चयन भएका छन् ।

चौतारीको छैटौं जिल्ला अधिवेशनले पत्रकार लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, सचीवमा गोबिन्द पन्त, उपसचिवमा मंगेश दयाल तथा कोषाध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् ।

मंगलबार जिल्ला सदरमुकाम स्थित भूमिमा सहकारी संस्थाको सभाहलमा भएको जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथी बैतडीबाट निर्वाचित प्रदेशसभा सांसद एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष नरेन्द्र भट्ट, एमाले बैतडीका उपसचिव सरस्वती नेपाली लगायतको सहभागिता थियो भने जिल्ला स्थीत बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु सहभागी थिए ।

उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सांसद भट्टले पत्रकारहरुका हकहितका लागि आफ्नो तहबाट सकिने पहल थाल्ने बताएका छन् । ‘पत्रकारहरु पलायन हुने अवस्थालाई रोक्न सरकारले भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ ।

मिडियाहरुलाई अहिले पहुँचका आधारमा मात्रै बिज्ञापन वितरण गरिएको पाइन्छ । काम गर्ने भन्दा चाकडी गर्नेहरुले लाभ लिइरहेकाले यो पद्धती हटाउनु जरुरी छ ।’

नव निर्वाचित कमिटिका अध्यक्ष लोहियाले बैतडी जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनी बिगत १४ वर्ष यता बैतडीमा क्रियाशील पत्रकारको रुपमा रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : ५३ बजे

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र