१२ बैशाख २०८३, शनिबार | April 25, 2026

लागुऔषध गाँजासहित दुई पक्राउ



धादिङ । गजुरी गाउँपालिका-२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन् । तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलोग्राट २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागुऔषध गाँजा फेला परेकाले लागुऔषध गाँजा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

पृथ्वी राजमार्गमाबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेकामा अवस्थामा प्रहरी टोली देखेपश्चात शङ्कास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ०६ बजे

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज