७ आश्विन २०८३, बुधबार | September 23, 2026

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु



पाँचथर । पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ ।

मकर नुहाउने क्रममा आज दिउँसो १२:४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका-१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो ।

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा-२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज