१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सिडिओसहित १८ कर्मचारीलाई कोभिड भएपछि काठमाडौं प्रशासनद्वारा सेवा कटौती, राहदानी विभाग पनि प्रभावित



काठमाडौं । कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ ।’ काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।

त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

‘विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ । विभागका प्रवक्ता सरदराज आरनका अनुसार १५ जना कर्मचारीलाई कोभिड भएछि सेवा कटौती गर्नुपरेको हो ।

यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ । आरनका अनुसार यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ४५ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज