१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नक्कली नोटसहित धनुषाका दुई युवा पक्राउ



काठमाडौं । नक्कली नोटसहित महोत्तरीबाट पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा२१च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्कीभित्र रहेको कालोब्यागभित्र बाहिरी पट्टी नेपाली १००० दरको नोट र पछाडि पट्टी नेपाली१००० को नोट, एक हजार नोटको साइजको कटिङग गरेको ५ बण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात ठूलो मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ४५ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा