१६ माघ २०८२, शुक्रबार | January 30, 2026

विश्व पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छ : राष्ट्रसंघ



म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ ।

राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।

सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो ।

‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

तर, सन् २०२१ को अन्ततिर भने पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए । एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : १८ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र