४ पुस २०८२, शुक्रबार | December 19, 2025

जगदुल्ला जलविद्युतको विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने



जाजरकोट । १०६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको सव स्टेशनमा जोड्ने गरि सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो । यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद , विक्री कार्य समेत सुरु भएको छ । आयोजना निर्माणका लागि बैंक सँगको सम्झौता समेत एक महिना भित्र हुने भएको छ ।

आयोजना निर्माणका लागि अझैं सडक , पुलहरु निर्माण कार्य बाँकी रहेको छ । जटिल भुभागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिएपनि पुर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौती पुर्ण रहेको छ ।

तल्लु र त्रिबेणी स्थित भेरी नदीमा ठुला पुलहरु निर्माण हुँन बाँकी रहेको छ । त्यस्तै त्रिबेणी देखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन निर्माण कार्य जारी रहेकोले जगदुल्लाको बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : १४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा