४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्वास्थ्यकर्मी संघ मुगुले प्रशासनलाई बुझायो १४ बुँदे ज्ञापनपत्र



मुगु । राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर महतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीको मनोबल उच्च र स्वास्थ्यकर्मीको हक हितका लागि सहज गर्न संघ मुगुले ज्ञापनपत्र मार्फत माग गरेको छ ।

संघले संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने माग राखेकाे राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मुगुका अध्यक्ष खडकबहादुर मल्लले बताए ।

महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, संघ प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि प्रक्रियालाई पारदर्शी बनाउन पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीका मागलाई सरकारले गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने संघका केन्द्रीय सदस्य ज्ञानसिंह बुढाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : १० बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी