६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेमा फिल्मी शैलीमा अपहरण र बलात्कार गर्ने समुहका १ जना बलात्कार गरिरहेकैै अवस्थामा प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँकेको खजुरामा फिल्मी शैलीमा अपहरण गरेर बलात्कार गर्ने मध्य २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आफ्नो सहयोगी केटा साथीहरुका साथ बाँकेको खजुराको सी गाँउ स्थित पुलमा फोटो खिचाईरहेको अवस्थामा मोटरसाईकलमा आएर केटा साथीहरुलाई कुटपिट गरि भगाएर अपहरण गरि पटक पटक बलात्कार गर्ने ५ जना मध्य २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १६ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा खजुरा १ सैनीकका हरिश सुनार र स्थानीय नेप्टे रहेका छन् । सुनारले उनकै भे १० प ८६३ नं. मोटरसाईकलमा बसाली अन्य ४ जना साथीको सहयोगमा अपहरण गरि जंगलमा र उनकै घरमा गरि २ पटक बलात्कार गरेको प्रहरी समक्ष बयान दिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए । अर्का सहयोगी नेप्टेलाई धनौली प्रहरीले पक्राउ गरेको छ भने सुनारका सहयोगी अपहरणकर्ताहरु खजुरा १ सैनीककै स्थानीय सुमित गाहा मगर, सुसान्त गाहा मगर र नबिन थापा फरार रहेको न्यौपानेले बताए । प्रहरीले सुनारलाई जबर्जस्ती करणी गरिरहेकै अवस्थामा घरबाट पक्राउ गरेको बताइएको छ ।

घटना अनुसार नेपालगन्ज बस्दै आएकी ती युवती आफ्ना साथीहरु नेपालगन्ज बेलासपुर आबिद खान, सुरज बर्मा र कृष्ण सिंह ठाकुरको साथमा फोटो खिच्न खजुरा स्थित सी गाँउको पुलचोकमा पुगेका थिए । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरिएको थियो । अपहरण पश्चात मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै प्रहरीले फेला पारेको थियो ।

प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ५७ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा