१२ बैशाख २०८३, शनिबार | April 26, 2026

कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली



मुगु । मुगु छाँयानाथ रारा नगरपालिका-२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।

सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यावसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् ।

अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म ट्रकी, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ । छाँयानाथ रारा नगरपालिका-७ टोप्ला रारा जाने मुल गेटमा रारा आउनेजाने पाहुनालाई लक्षित गरी व्यववसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् ।

मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ ।

हाल फ्रेस हाउसमा ३००भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी छन् । पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ ।

मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : २४ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा