२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अर्बपतिहरुको ट्विटरमा बहसः जनसंख्या पतनको विकल्प कृत्रिम कोख



एजेन्सी । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ ।

जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख-(सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो ।

एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामी सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’

उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो ।

आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुने छैन् ।

ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’

के हो कृत्रिम कोख ?

कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो ।

विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : ४० बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा