२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ?



दाङ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो ।

२० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन गर्न लागिएको हो ।

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ ।

निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट तीनजना उम्मेदवार छन् । दलीय सहमतिअनुसार नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एक(एकजनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन् । खुलाबाट शर्माले महिलाबाट गैरेले र दलितबाट विश्वकर्माले उम्मेदवार हुन् ।
एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बनाइएका छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको मतभार सात हजार सात सय ५८ रहेको छ । लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितप्रायस् छ । मतभारका आधारमा गठबन्धनका उम्मेदवारको पक्षमा बहुमत हुने देखिन्छ ।

एक वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए । राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा नौजना मतदाता रिक्त छ । ८७ प्रदेश सभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् ।

स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठबन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् ।

माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । एमालेका ८८ प्रमुख,उपप्रमुख छन् ।

प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एकजना छन् ।

प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ। यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र पालिका प्रमुख, उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ५२ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०