१ पुस २०८२, मंगलबार | December 16, 2025

पाकिस्तानका साहिन शाह अफ्रिदी ‘आईसीसी क्रिकेटर अफ दि इयर’



काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् ।

सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २२ दशमलव २० को औसतमा ७८ विकेट हात पारे ।

गत वर्ष विशेषतः अफ्रिदीले टेस्ट र टी-२० क्रिकेटमा निकै राम्रो छाप छोडे । टी-२० विश्वकपमा आफ्नो ‘पिक प्वाइन्ट’ मा रहेका अफ्रिदीले प्रतियोगितामा विश्व क्रिकेटका हस्तिहरूलाई पछि पारे ।

पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा अफ्रिदीले ६ खेलमा सात विकेट लिए । गत वर्ष क्रिकेटको सबैभन्दा सानो संरचनामा २१ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २३ विकेट लिए ।

विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको उनको स्पेल सबैभन्दा स्मरणीय रह्यो । चार ओभरमा ३१ रन खर्चिएर तीन विकेट लिँदा उनको बलमा पभेलियन फर्किने ब्याटरमा भारतीय टोलीका तत्कालीन कप्तान विराट कोहलीसहित ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल थिए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज