२८ आश्विन २०८३, बुधबार | October 14, 2026

पार्टीमा समझदारीबाटै पदाधिकारी चयन हुन्छ : वर्षमान पुन ‘अनन्त’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्यलाभ गरेर नेपाल फर्केका छन् । नेता अनन्त छिमेकी राष्ट्र चीनमा उपचार गरी आज राती स्वदेश फर्किएका हुन् ।

सोमबार राति त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका अनन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको बताए । उनले महाधिवेशनबाट चुनिएको अध्यक्ष प्रचण्डको नेतृत्वको नयाँ केन्द्रीय समितिले पार्टी जीवनमा पनि नयाँ जोश र जाँगर पैदा गरेको बताए ।

पार्टीमा समझदारीबाट नेतृत्व चयन हुने बताउँदै उनले समझदारी कायम गर्न सबैको योगदान रहने विश्वास समेत व्यक्त गरे । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक नेता अनन्तको आगमन कुर्दै पटकपटक सर्दै आएको छ ।

नेता अनन्तको आगमन हुने मिति तय भएपछि नै अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् । नेता अनन्त कलेजो सम्बन्धी रोगको उपचारको सिलसिलामा थाइल्याण्ड हुँदै चीन पुगेका थिए । लामो समयको उपचार पश्चात उनी सोमबार राति कार्गो विमानमार्फत स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ०३ बजे

दाङको घोराहीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित २ जना पक्राउ

दाङ । प्रहरीले दाङको घोराहीबाट ठुलो परिणामको लागु औषध ब्राउनसुगर

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित