१३ बैशाख २०८३, आइतबार | April 26, 2026

विश्व इतिहासमा आज : गुजरातको विनाशकारी भूकम्पदेखि क्लिन्टन-मोनिका सम्बन्ध



काठमाडौं । आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

गुजरातको विनाशकारी भूकम्प

आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो ।

क्लिन्टन-मोनिका सम्बन्ध

सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको भुटो विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए ।

भारतमा गणतन्त्र दिवस

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो । २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । आजकै दिन भारतले गणतन्त्र दिवस मनाउछ ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन

सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली

सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए । जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ३६ बजे

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास