१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु



झापा । जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ ।

गएराति ८ बजे घर नजिकैको मकै बारीमा पानी लगाउन गएका वेला गणेशलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमण गर्ने हात्ती हुम्सेदुम्से सामुदायिक वनबाट निस्किएको प्रहरीले बताएको छ । यो क्षेत्रमा दिनहुँ जसो गाउँमा हात्ती निस्किने गरेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३६ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई