६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

भौतिक कक्षा सञ्चालन गर्ने कपिलवस्तुका दुई प्राचार्य प्रहरी नियन्त्रणमा



कपिलवस्तु । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने निजी विद्यालयका प्राचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो ।

दुवै विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गराइएको अवस्थामा नियन्त्रणमा लिइएको थियो । प्रहरीमा स्थानीयले सूचना दिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

बिहान ११ बजे नियन्त्रणमा लिएर भौतिक कक्षा बन्द गर्ने सर्तमा छाडिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले माघ ४ गते आदेश जारी गर्दै जिल्ला भरीका विद्यालयमा भौतिक पठन पाठन बन्द गरेको छ ।

प्रशासनले कृषि हाटबजार बन्द गर्ने आदेश दिए पनि जिल्ला भरी खुला रूपले हाटबजार सञ्चालन भएको छ । हाटबजार आउने मानिसहरू स्वास्थ्य मापदण्डको ख्याल नगर्दा कोरोना संक्रमण अझै फैलिन सक्ने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : १४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का