२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भौतिक कक्षा सञ्चालन गर्ने कपिलवस्तुका दुई प्राचार्य प्रहरी नियन्त्रणमा



कपिलवस्तु । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने निजी विद्यालयका प्राचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो ।

दुवै विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गराइएको अवस्थामा नियन्त्रणमा लिइएको थियो । प्रहरीमा स्थानीयले सूचना दिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

बिहान ११ बजे नियन्त्रणमा लिएर भौतिक कक्षा बन्द गर्ने सर्तमा छाडिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले माघ ४ गते आदेश जारी गर्दै जिल्ला भरीका विद्यालयमा भौतिक पठन पाठन बन्द गरेको छ ।

प्रशासनले कृषि हाटबजार बन्द गर्ने आदेश दिए पनि जिल्ला भरी खुला रूपले हाटबजार सञ्चालन भएको छ । हाटबजार आउने मानिसहरू स्वास्थ्य मापदण्डको ख्याल नगर्दा कोरोना संक्रमण अझै फैलिन सक्ने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : १४ बजे

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा