२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बुटवलमा बन्यो कराँते डो एकेडेमीको कभर्डहल



बुटवल । बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बर्धन र प्रवर्धनका लागि भन्दै कराँते एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराँते एकेडेमीकालागि प्रशिक्षण हलसहितको भवन समेत निर्माण गरेको छ ।

कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्नेगरी निर्माण गरिएको एकेडेमी भवनको बिहीबार एक संक्षिप्त समारोहबीच बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।

एकेडेमी भवनको उद्घाटन गर्दै प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट समृद्धि र खुशहाली समेत हासिल हुन सक्ने भएकाले उपमहानगरले खेलकुदको समग्र विकासलाई प्राथिमकतामा राखेर नीति कार्यक्रम र बजेटको प्रबन्ध गरेको बताए। उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै खेलकुदको पूर्वाधार विकासका साथै खेलाडीको उत्पादन, पहिचान, अवसर र प्रोत्साहनका लागि पनि उपमहानगरले विशेष रणनीतिका साथ कार्यक्रम गरिरहेको जानकारी दिए ।

कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका कार्यक्रमका सञ्चालक कृष्णप्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास संगसंगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कराँते डो एकेडेमी कभर्डहल भवन उपमहानगर, वडा स्तरीय र उपभोक्ता समेतको ४६ लाख ३९ हजार बराबरको लगानीमा निर्माण भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए ।

बुटवल उपमहानगरले खेलकुदका पूर्वाधार विकासका साथै विभिन्न वडामा गरि ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरेको छ । क्रिकेट, फुटवल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरुलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको खेलकुद विकास समितिका अध्यक्ष काउचाले बताए ।

कालिका नगरमा स्थापना भएको एकेडेमीमा उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालीकाको २ र ३ नम्बर वडाका खेलाडीहरुले समेत प्रशिक्षणमा प्रत्यक्ष लाभ लिन सक्ने सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष एवम एकेडेमीका अध्यक्ष देबकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ९ : २५ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको