१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

महोत्तरीमा कोरोना माहामारीको तेस्रो लहरमा १६६ संक्रमित, एक जनाको मृत्यु



महोत्तरी । कोरोना भाइरसको तेस्रो लहरमा महोत्तरीमा १६६ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीको अनुसार स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा संक्रमण भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन ।

तेस्रो लहरमा अहिलेसम्म महोत्तरीमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।

भाइरसको दोस्रो लहरमा जिल्लामा ८५ जनाले ज्यान गुमाएका थिए भने ३२ सय ७५ जना संक्रमित बनेका थिए ।

तेस्रो लहरमा संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित होमआइसोलेसनमा रहेको उनले बताइन् ।

स्वास्थ्य कार्यालय महोत्तरीले खोप अभियानलाईसमेत तीव्र बनाएको छ । दैनिक ४८ सय ६७ जनाले पहिलो र दोस्रो खोप लिइरहेको कोभिड फोकल पर्सन सिंहले जानकारी दिइन् ।

आगामी चैतभित्र खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ४३ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै