४ पुस २०८२, शुक्रबार | December 19, 2025

महोत्तरीमा कोरोना माहामारीको तेस्रो लहरमा १६६ संक्रमित, एक जनाको मृत्यु



महोत्तरी । कोरोना भाइरसको तेस्रो लहरमा महोत्तरीमा १६६ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीको अनुसार स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा संक्रमण भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि भएको छैन ।

तेस्रो लहरमा अहिलेसम्म महोत्तरीमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।

भाइरसको दोस्रो लहरमा जिल्लामा ८५ जनाले ज्यान गुमाएका थिए भने ३२ सय ७५ जना संक्रमित बनेका थिए ।

तेस्रो लहरमा संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित होमआइसोलेसनमा रहेको उनले बताइन् ।

स्वास्थ्य कार्यालय महोत्तरीले खोप अभियानलाईसमेत तीव्र बनाएको छ । दैनिक ४८ सय ६७ जनाले पहिलो र दोस्रो खोप लिइरहेको कोभिड फोकल पर्सन सिंहले जानकारी दिइन् ।

आगामी चैतभित्र खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको