१२ बैशाख २०८१, बुधबार | April 24, 2024

चितवन र महोत्तरीमा २ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । चितवन र महोत्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको पछि ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ९ बस्ने  ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारकै क्रममा गएराति ११स्३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्तिमार्फत जनाएका छन् ।

भदौ १५ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण ती महिला अस्पताल भर्ना भएकी थिएन । उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको डा. लम्सालले बताएका छन् । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।

चितवनमा अहिलेसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

उता, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।

कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।

उनी उच्च रक्तचापका बिरामीसमेत रहेका थिए । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकलपर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : ११ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।