७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितवन र महोत्तरीमा २ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । चितवन र महोत्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको पछि ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ९ बस्ने  ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारकै क्रममा गएराति ११स्३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्तिमार्फत जनाएका छन् ।

भदौ १५ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण ती महिला अस्पताल भर्ना भएकी थिएन । उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको डा. लम्सालले बताएका छन् । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।

चितवनमा अहिलेसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

उता, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।

कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।

उनी उच्च रक्तचापका बिरामीसमेत रहेका थिए । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकलपर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई