२७ माघ २०८२, मंगलबार | February 11, 2026

मौरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी



काठमाडौं । अफ्रिकी राष्ट्र मौरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले १-०को जित निकालेको हो ।

नेपालका लागि विमल घर्तीमगरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपालका लागि बिमलले नवौँ मिनेटमा गरेको प्रहार मौरिससका गोलकिपर केभिनलाई छक्याउँदै गोलमा परिणत भएको हो ।

पहिलो हाफमा सुमन लामा र अञ्जान बिष्टका प्रहार गोलमा परिणत हुन नसकेपछि नेपाली टिमका लागि मौका गुमेको थियो । उता मौरिससले पनि नेपालबिरुद्ध खेल बराबरी गर्ने कयौँ प्रयास गरे पनि सफल हुन सकेन ।

सेप्टेम्बरमा भारतसँग घरेलु मैदानमा पराजय व्यहोरेको नेपालले मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित हात पारेको हो ।

कोभिड-१९ महामारीका कारण एक तिहाइ दर्शकहरुलाई मात्र दशरथ रंगशालामा प्रवेश दिइएको थियो भने सबैलाई अनिवार्य मास्क लगाउन भनिएको थियो ।

मौरिससबिरुद्ध घरेलु मैदानमा नेपाली टिमले मंगलबार अर्को खेल खेल्दैछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ४८ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा