१ पुस २०८२, मंगलबार | December 16, 2025

गठबन्धनका नेताहरुलाई नागरिक अगुवाहरुको पत्र : गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी मन्त्रीलाई कारवाही गर



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नागरिक अगुवाहरुले सत्ता गठबन्धनका नेताहरुलाई पत्र बुझाएका छन् । मन्त्री यादवले केही दिन अघि गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी थिइन् । २०६३ चैतमा भएको उक्त नरसंहारमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा (माओवादी)का २८ जना कार्यकर्ताको हत्या गरेका थिए ।

नागरिक अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका दलका अध्यक्षलाई पत्र पठाएका हुन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पत्र पठाइएको हो ।

डा केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले नेताहरुलाई पत्र लेखेका हुन् । दलका नेताहरुलाई पठाइएको पत्रमा आफूहरु मन्त्री यादवको राजीनामा को मागमा अडिग रहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज