५ भदौ २०८३, शुक्रबार | August 22, 2026

आज नेपाल र मौरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै



काठमाडौं । आज नेपाल र मौरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे नेपाल र मौरिससबीचको खेल हुनेछ । नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्य बोकेर मैदानमा उत्रिनेछ ।

नेपालले पहिलो खेलमा मौरिससलाई पराजित गरेको थियो । पहिलो खेलमा विमल घर्तिमगरले नेपालका लागि गोल गरेका थिए ।

त्यस्तै, मौरिसस पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

नेपालको टिममा केही बदलाव गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले पहिलो खेलमा रहेको टिमबाट अनन्त तामाङ र प्रशान्त अवस्थीलाई बाहिर राखेका छन् । उनीहरुको स्थानमा मनिष डाँगी र दर्शन गुरुङ खेल्नेछन् ।

आजको खेलमा पनि सिमित दर्शकलाई खेल हेर्न दिइने भएको छ । कोरोना भाइरसको महामारीका कारण एक तिहाई दर्शकलाई प्रवेश गराउन अनुमति दिइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : १५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको