१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनको तयारी भइरहेको छ : अध्यक्ष निरौला



उदयपुर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने बताएका छन् ।

उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले अघिल्ला आयोगले गरेका कामलाई निरन्तरता दिँदै अहिलेको आयोगले कार्य अगाडि बढाउने बताए ।

भूमिहीन,सुकुकुम्बासी र अव्यवस्थित बसोबासीसमेतलाई व्यवस्थित गर्दै मुलुकभरका करिब १४ लाख परिवारका लागि जग्गा व्यवस्थापन गर्ने तथा पुराना अधुरा कामलाई निरन्तरता दिएर थाति रहेका सबै काम गर्ने गरी आयोगले काम गरिरहेको उनले बताए ।

प्रारम्भिक अभिलेख अनुसार हाल मुलुकमा भूमिहीन दलित परिवारको सङ्ख्या दुई लाख ३२ हजार, सुकुम्बासी परिवार तीन लाख ३७ र अव्यवस्थित बसोबासीहरुको सात लाख ६५ हजार परिवार रहेको अध्यक्षले जानकारी दिए ।

ठूलो सङ्ख्यामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई कानुनी आधारमा व्यवस्थित ढंगले जग्गा उपलब्ध गराएर मुलुकबाट सदाका लागि यो समस्यालाई निराकरण गर्नु निकै जटिल र चुनौतिपूर्ण काम भए पनि आफू यसमा कत्ति पनि बिचलित नभई काम गर्ने उनले बताए ।

जिल्लास्थित नापी, मालपोत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत, जिल्ला समन्वय समितिका अधिकृत र वन डिभिजन कार्यालय पदेन सदस्य रहने यो समितिलाई अन्य सदस्यको समेत मनोनयन गरी माघ मसान्तभित्र पूर्णता दिइने अध्यक्ष निरौलाको भनाई छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ५३ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक