२४ बैशाख २०८१, सोमबार | May 6, 2024

तनावपूर्ण मैत्रीपूर्ण खेल: मौरिससमाथि नेपालको लगातार दोस्रो जित



काठमाडौं । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससमाथि जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा सिमित मौरिससमाथि १-० को जित निकालेको हो ।

नेपालको जितमा सुजल श्रेष्ठले एकमात्र निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई सुजलले वान टचमै गोल गरेका हुन् । सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा नै मौरिससले खेल बराबरी गर्ने अवसर पाएको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले प्रहार गरेकाे पेनाल्टीलाई नेपाली गोलरक्षक किरण चेमजोंगले बचाउन सफल भए ।

मैत्रीपूर्ण भएपनि खेलको अन्त्यतिर तनावपूर्ण स्थिती पैदा भएको थियो । नेपालका एक जना खेलाडी र एक अफिसियलले रातो कार्ड पाउँदा मौरिससका २ खेलाडी रातो कार्डका कारण मैदान छाडेका थिए । खेलमा खेलाडीमाथि पहेँलो कार्डको पनि वर्षा भएको थियो ।

खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । खेलमा थपिएको इञ्युरी समय रंगशालाको लाइट कम भएका कारण केहीसमय रोकिएको पनि थियो ।

नेपालले पहिलो खेलमा १-० को जित निकालेको थियो । उक्त खेलमा बिमल घर्तीमगरले गोल गरेका थिए ।

शनिबार र मंगलबारका दुवै खेलमा कोरोना महामारीका कारण एक तिहाइ दर्शकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिइएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ०९ बजे

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका