१ पुस २०८२, मंगलबार | December 16, 2025

सन्धिखर्कमा चिस्यान केन्द्र निर्माण गरिँदै



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

चिस्यान केन्द्र रु सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफुल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए ।

उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताए ।

नगर प्रमुख कमलप्रसाद भुसालका अनुसार चिस्यान केन्द्रको क्षमता १५० मेट्रिक टन रहेको छ । आगामी वर्ष २०७९ चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी लुम्बिनी अर्घाखाँची जेभीसँग निर्माणको सम्झौता भएको हो । चिस्यान केन्द्र स्थापना भएर सञ्चालनमाा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज