१४ भदौ २०८३, आइतबार | August 31, 2026

कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा



चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले भने, “अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप घटेसँंगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो ।”

चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो । कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो । यसैगरी बहिरङग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८ः३० बजेबाट ओपिडि सेवा सञ्चालन गर्दै आएको थियो ।

अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ । अस्पतालमा हाल ४१ जना सङ्क्रमित भर्ना भएर सेवा लिइरहेका छन् ।

अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो केन्द्रीय अस्पताल हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ३१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति