६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नेपाली भूमि अतिक्रमण विरुद्ध शान्ति समाजको वुटवलमा प्रदर्शन



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्ध बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।

समाजले बुटवलको अस्पताल लाइनमा दिउसो सवा २ देखि पौने ३ बजेसम्म सामाजिक दुरी कायम गरी प्ले कार्ड सहित प्रदर्शन गरेको हो ।
सो अवसरमा बोल्दै शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले लिपुलेक सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर्न नेपाल सरकारले ठोस पहल हुनुपर्ने बताउनुभयो ।

कुनैपनि देशको राष्ट्रियता, अखण्डता, एकता र सद्भावमा अर्काे देशले खलल पुर्याउने गतिविधि अन्तराष्ट्रिय कानुनको बिरुद्धमा हुने उहाको भनाइ छ । रुपन्देही सभापति धनपति खनाल (डीपी)ले भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्ने बताउनुभयो ।

बिरोध प्रदर्शनमा समाजका केन्द्रिय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरी पाण्डेय, समाजका जिल्ला सचिब अर्जुन ज्ञवाली सहसचिब कपिल ज्ञवाली,सदस्यहरु धनकुमारी खनाल,कृष्ण पाण्डे,पत्रकारहरु भरत केसी, विक्रम खड्का, विश्वास ढकाल, श्याललाल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भुमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको नेपाली भूमि अतिक्रमण विरुद्ध भोली २०७७ वैशाख ३० गते मंगलबार दिउसो १२ बजे भारतीय दुतावास लैनचौर खानी विभाग अगाडि धर्ना प्रदर्शन आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : २३ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा